२०७७ फाल्गुन २४ गते सोमवार

जन्म दिइ पराईको घर…बोलको गीत बजारमा

तुलसीपुर,माघ ११ । निजामति सेवाका अधिकृत दाङका नरेश खड्काले  जन्म दिइ पराईको घर बोलको अर्को नयाँ आधुनिक गीत बजारमा ल्याएका छन् ।

यस अघि पनि दर्जनबढि आधुनिक गीत बजारमा ल्याइसकेका दाङका खड्काले जन्म दिइ पराईको घर,पठाउन मनले त मानेको छैन भन्ने भाव बोकेको गीत बजारमा ल्याएका हुन् ।

आफूले जन्माई, हुकाई, पढाई, लेखाई गरी ठूलो मान्छे बनाएकी छोरीलाई बिबाह बन्धनमा बाँधेर पठाउनु पर्दाको आमाबुबाको बेदनालाई गीतमा समावेश गरिएको छ ।

यो गीतमा शब्द नरेस खड्काको छ भने राजकुमार बगरको संगीत र स्वरुपराज आचार्यले स्वर रहेको छ ।

साथै खड्काले आफ्नै श्वरमा पनि एउटा गीत रेकर्ड गराएका छन् । सोही गीत छिट्टै बजारमा आउने उनले बताएका छन ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *