
काठमाडौं, कार्तिक १३। दशैंको टिका थापेर नायिका वर्षा सिवाकोटी अमेरिका उडेकी छिन् । उनी, विजयादशमीको भोलीपल्टै अमेरिका उडेकी हुन् । नायिका सिवाकोटीले आफू करिब १ महिना अमेरिकामा बस्ने बताएकी छिन् ।
अमेरिका घुमघाम र कामका लागि आएको बताएकी छिन् । दशैं सकिए लगतै चलचित्र ‘परदेशी २’को टिमले छायांकन सुरु गर्ने बताएको छ ।वर्षा अमेरिका उडेपछि चलचित्रको छायांकन प्रभावित हुने संभावना बढेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
