२०८१ बैशाख ८ गते शनिवार

दावाको गीतमा आकाश र गरिमाको रोमान्स ( भिडियो )


काठमाडौं, असोज २३। अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक,गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द,संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ ‘भन्दिन म तिमीलाई’ बोलको गीत बाट ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *