२०८१ बैशाख ८ गते शनिवार

साउथ इण्डियन चलचित्रकी नायिका काजलले बिहे गर्दै

असोज २१ । साउथ इण्डियन चलचित्रकी चर्चित नायिका काजल अग्रवालले बिहे गर्ने तयारी गरेकी छिन् । काजलले अक्टुबर ३० मा बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् ।उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।

काजलले यो कोरोना महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सामाजिक संजाल बाट खुसी व्यक्त गरेकी छिन । बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने काजलले भनेकी छिन ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *