२०८१ चैत्र ६ गते बुधवार

इराक घटना सम्झाउने रिजनको ‘दशैँ’ सार्वजनिक ( भिडियो )

काठमाडौं, असोज १६। अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल युवा गायक रिजन गिरीले आफ्नो नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन्। यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ। यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन्।

१६ वर्ष अघि इराकमा १२ नेपालीको विभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी , कुशेन्द्र पुरुष ढकाल , रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ।

सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन्। रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो। यसअघि गायक गिरीले ‘कमलको फुल’ , ‘सन्ध्या’ लगायतका दर्जन बढी गीतहरु सार्वजनिक गरिसकेका छन्।

 

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *