२०८१ चैत्र ४ गते सोमवार

कृष्ण बुढाथोकिको ‘जादु’ सार्बजनिक (भिडियो)


काठमाडौं, असोज १२ । अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकिको लोक दोहोरी ‘जादु रैछ मायाको बोलीमा’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा चर्चित मोडल अञ्जलि अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् । त्यस्तै भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुल बहादुर ओलिले पनि अभिनय गरेका छन् ।

म्युजिक भिडियोले खास गरि गाउँघरमा हुने नाँचगान, रातभर गाउँघरमा हुने दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ । गाउँघरमा युवायुवति रातभरि दोहोरी गाउने र दोहोरीमा हारजित भए विहे गर्ने परिपाटिलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

कृष्ण बुढाथोकिकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले आवाजमा साथ दिएकि छन् । भिडियोलाई विरेन्द्र भाटले छायांकन गरेका छन् भने ललित केसीले निर्देशन गरेका छन् । कुनै समय नेपालमै रहेर थुप्रै लोकदोहोरी गितमा आवाज दिएका कृष्ण बुढाथोकि बिगत ५ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *