२०८० चैत्र १६ गते शुक्रवार

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने


जेठ ५ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडल १८ औ संस्करणको उपाधि जित्न चुकेका छन् । दिवेशलाइ पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने । २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए। काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *