२०८२ कार्तिक २५ गते मङ्गलवार

घट्यो नेप्से

काठमाडौं, साउन २१ । बुधबार नेप्से सामान्य अंकले घटेको छ।

नेप्से १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार नौ अर्ब ३३ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ६३ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ७० करोड रूपैयाँ कमी आएको हो।

आज ३२० वटा धितोपत्रको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत, महुली लघुवित्त र ट्रेड टावरको मूल्य ९.९९ प्रतिशतका दरले बढको छ।

थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ३.७८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८४७ रूपैयाँ ७७ पैसामा झरेको छ।

यसैगरी, रिलायवल समृद्धि योजनाको मूल्य २.७४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ २४ पैसा कायम भएको छ।

बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ४१५ रूपैयाँ ३० पैसामा २९ करोड ४५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.२९ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार सात रूपैयाँ ८० पैसामा २८ करोड दुई लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने आठ समूहको परिसूचक घटेको छ।

यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *