काठमाडौं ,साउन ७ । नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार
