काठमाडौं ,असार १ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। आज तोलामा ४ सय रुपैयाँ बढेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ४ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार आज एक तोला चाँदी २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते आइतवार