२०८२ बैशाख ३० गते सोमवार

सुनको मूल्य तोलामा ६ सय रुपैयाले बढ्यो


काठमाडौँ ,बैशाख २५ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *