काठमाडौं,बैशाख १० । हिजो मंगलबार दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।
नयाँ रेकर्ड बनेको मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ६५ रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बुधवार