२०८१ कार्तिक २९ गते बिहिवार

सुनको मुल्यमा नयाँ कीर्तिमान कायम


काठमाडौं,कार्तिक १५ । आज सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।

यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *