काठमाडौं,असोज १७ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४२ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ १६ पैसा र बिक्रीमा १४८ रूपैयाँ ८२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७८ रूपैयाँ ५६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ३० पैसा र बिक्रीमा ९९ रूपैयाँ ७४ पैसा पाइन्छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३२ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३२ रूपैयाँ २१ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ७६ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ५३ पैसा तोकिएको छ।