२०८३ साउन १७ गते आइतवार

सुन मुल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ पुग्यो


दाङ,साउन २ । लगातार उकालो लागेको सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ। बुधबार नेपाली बजारमा सुनको मूल्यले करिब डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम गर्दै पुनःनयाँ रेकर्ड कायम गरेको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार (साउन १ गते) सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *