२०८१ जेष्ठ ५ गते शनिवार

बिहिवार सुनको मुल्य चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,असोज १८ । सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।

हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *