काठमाडौं,भदौ २४ । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ।
यस सँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ। ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो। कुल २७ पटक सेयर कारोबार भएको हो।
यस सेसनमा ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार