२०८० मङ्सिर १६ गते शनिवार

शेयर बजार ७ अंकले बढ्यो

काठमाडौँ,भदौ १८ । शेयर बजार आज सामान्य बढेको छ ।

हिजो ३० अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज सात दशमलव शून्य चार अंकले बढेर एक हजार नौ सय ६७ दशमलव ८३ विन्दुमा पुगेको छ ।

आज फाइनान्स बाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै थ्रि स्टार हाइड्रो र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशत तथा ग्रिन भेन्चर्स कम्पनी, रुरु जलविद्युत्, आशा लघुवित्त र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लिवर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

३४ लाख ३२ हजार कित्ता शेयर एक अर्ब नौ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *