२०८२ माघ १ गते बिहिवार

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

काठमाण्डौ,भदौ १० । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे छ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *