२०७७ कार्तिक ४ गते मङ्गलवार

अब नेपाल एयरलाइन्सले काठमाण्डौ – जापान सिधा उडान गर्ने

बैशाख १४ । नेपाल वायुसेवा निगमले अब काठमाण्डौ-जापान सिधा उडानको लागि अनुमति पाएको छ । जापानको नागरिक उड्डयन संस्थाले बिहीबार उडान अनुमति दिएको हो। जापानको ओसाकाको लागि नेपाल एयरलाइन्सले अनुमति पाएको हो ।

नेपाल एयरलाइन्सले उडान अनुमति पाएसँगै आफ्नो तालिका पनि सार्वजनिक गरेको छ ।

हप्तामा ३ वटा सिधा उडान गर्ने सहमति पाए संगै उडानको मिति र तालिका सार्वजनिक गरेको नेपाल एयरलाइन्सले जनाएको छ । काठमाण्डौ-जापान उडान असार १९ देखि उडान सुरु हुने एयरलाइन्सले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *