२०८२ माघ ३ गते शनिवार

१४.८१ अंकले बढयो नेप्स परिसूचक

काठमाडौँ,साउन २८ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज १४.८१ अंकले बढेको परिसूचक २०८०.८६ विन्दुमा पुगेको हो।

आज नेप्सेसँगै कारोबार रकम बढेको छ। आज नेप्सेमा ३ अर्ब १ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ९बिहीबार० नेप्सेमा २ अर्ब १२ करोडको कारोबार भएको थियो।


आज कारोबारमा आएका चार उपसमूह घटेको छ। ९ उपसमूह भने बढेको छ। आज माइक्रोफाइनान्स सबैभन्दा बढी ०.३४ अंकले घटेको छ। त्यसैगरी होटल एण्ड टुरिजम भने सबैभन्दा धेरै १.८७ अंकले बढेको छ।

आज कारोबारमा आएका मध्ये १०० कम्पनीको सेयरमूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। पाँच कम्पनीको सेयरमूल्य भने स्थिर नै छ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी आजै कारोबारमा आएको घोराहि सिमेन्टको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

आज घोराही सिमेन्टको सर्वाधिक २३ करोड १५ लाखको कारोबार भएको छ। आज माछापुच्छ्रे बैंकको सेयरमा सर्वाधिक खरिद माग थियो।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *