२०८२ माघ ३ गते शनिवार

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं, साउन ४। आज साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो ।

घट्दो बजारमा पनि व्यापार, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले कमाए । व्यापार उपसूचक ६।३५ प्रतिशतले बढेको छ ।

बिहीबार २६४ धितोपत्रको ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

विशाल बजार कम्पनी र लिवेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । अपर हेवाखोला, बोटलर्स नेपाल, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य पनि धेरैले बढेको छ ।

सिटिजन्स म्यूचअल फण्ड र कुमारी इक्विटी फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घट्यो । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योती विकास बैंकको धेरै कारोबार भएको छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *