२०८१ भाद्र २३ गते आइतवार

विदेशको कमाइले सर्फ उद्योग

शिवु खनाल,
दाङ, बैशाख ४ । बैदेशिक रोजगारीबाट नेपालमा फर्केपछि दुइ यूवाले ७८ लाखको लगानीमा सर्फ उद्योग स्थापना गरेका छन् । स्थानीयलाई रोजजारी दिलाउदै स्थानीय उत्पादनलाई पोत्साहन गर्ने उदेश्यका साथ सर्फ उद्योग स्थापना गरिएको सञ्चालक लमही ५ निवासी शेर सिंह खड्काले जानकारी दिए

१५ बर्ष साउदीमा काम गरेर अनुभव बटुलेका दुइ साथीभाइको साझेदारीमा स्थापना गरेको उद्योगमा स्थानीय १० जना यूवाले रोजगार पाएका छन् । विदेशी सामानको प्रयोगले परनिर्भरता ल्याएको भन्दै सञ्चालकले लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । पैसा कमाएर बैंकमा जम्मा गर्नुभन्दा साना तथा मझौला उद्योग स्थापना गरे रोजगारी प्राप्त हुन्छ,सञ्चालक तिलारम खनालले भने । विदेशमा बस्दा स्वदेशको मायाँ र स्वदेशमै केहि गर्ने उदेश्यका साथ उद्योग स्थापना गरेको जानकारी दिदै संचालक खनालले स्थानीय उत्पादनको प्रयोग गरेर थप हौसला प्रदान गर्न उपभोत्तालाई आग्रह गरे।

हामी स्थानीय उत्पादनलाई उत्पादनको प्रयोग गर्न आग्रह गछौ,यहाँहरुले प्रयोग गर्न र सुझाव दिने गर्नुभयो भने हामीलाई सुधार गर्ने अवसर पनि मिल्दछ उनले भने । एक कार्यक्रम विच गिरी शिवम् सर्फ तथा ट्वाइलेट क्लिनर इन्डष्ट्रिज नामक उद्योग मार्फत सर्फ,ट्वाइलेट सफा गर्ने हारफिक ,भाँडा धुने डिजिटल बास उत्पादन गर्दै आइरहेको छ । स्थानीय बजारमै उत्पादन खपत भएको जानकारी दिदै संचालकहरुले आफ्नै दैनिक सात क्विनटल सर्फ उत्पादन गर्ने क्षमता रहेको संचालक शेरसिंह खड्काले जानकारी दिए । स्थानीय सरकारले स्थानीय उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्ने बताए ।

एक औपचारिक कार्यक्रमका विच उद्योगले उत्पादन गर्दै आइरहेको उत्पादनलाई सार्वजनिक गरेको छ । नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मार्फत उत्पादनको सार्वजनिक गरिएको हो । संचालक तिलाराम खनालको अध्यक्षता तथा लमही नगरपालिका उपप्रमुख देवका वेल्वासेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बेल्वासेले स्थानीय उद्योगलाई स्थानीय सरकारले पोत्साहन हुने गरी कार्यक्रम ल्याउने बताइन । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले उद्योगको स्थापना संगै रोजगारीको अवसर सिर्जना हुने भएकोले सकरात्मक हिसावले लिनुपर्ने तर्क गरे । नागरिक समाज दाङका उप संयोजक निमवहादुर थापा,पत्रकार महासंघ दाङकी कार्यवाहक अध्यक्ष लिला शाहा,पत्रकार दशरथ घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । बजार व्यवस्थापक डिल्ली योगीको स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार प्रियास्मृती गजमेरले गरेका थिए।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *