२०८१ भाद्र २६ गते बुधवार

घोराहीको वजारमा विद्युतीय साइकल

दाङ,  बैशाख ४ । दाङको घोराही वजारमा विद्युतीय साइकल ल्याइएको छ । हाम्रो टेलिङकले विद्युतीय साइकल घोराही वजारमा ल्याएको हो । विद्युतीय साइकल एक पटक चार्ज गरेमा १ सय किलो मिटर सम्म चलाउन सकिने हाम्रो टेलिङकका सञ्चालक नारायण पुरीले जानकारी दिए । एक पटक फुल चार्ज गर्नका लागि २ युनिट विद्युत लाग्ने उनको भनाइ रहेको छ । भने ६० देखि ७० प्रति घण्टाको स्पिड रहेको छ ।

यो साइकल वातावरण मैत्रि रहेको उनको भनाइ रहेको छ । विद्युत वाट चार्ज गरेर चलाउन सकिने भएकाले खर्च समेत कम हुने छ । पछिल्लो समय वढदो वातावरण प्रदुष नियन्त्रण गर्ने समेत महत्वपुर्ण भुमिका खेल्ने पुरीले बताए । यसको मुल्य १ लाख ३० हजार रहेको छ । यसको मर्मत समेत सुविधा रहेको छ ।

विद्युतीय साइकल भएकाले लाइसेन्स, हेलमेट पनि नचाहिने पुरीले बताए । यसैविच हाम्रो टेलिङकको वुधवार उद्घाटन गरिएको थियो । टेलिङकको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *