२०८२ माघ १ गते बिहिवार

सुनको मुल्य सात सय रुपैयाँले बढ्यो

काठमाडौं, असार २४ । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ती सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *