काठमाडौँ,असार २० । बुधबार सेयरबजार ३९.२६ अंकले घटेको छ। बजार ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा झरेको हो।
बजार घटेसँगै कारोबार समेत खुम्चिएको छ। नेप्सेमा बुधबार ३ अर्बको कारोबार भएको छ। पछिल्लो समय दैनिक ४ अर्ब बढीको कारोबार भइरहेको थियो।
आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ। २०८ कम्पनीको घटेको छ। त्यसैगरी २ कम्पनीको कारोबार स्थिर छ।
आज सिटी होटलको सर्वाधिक ९।९९ प्रतिशले सेयरमूल्य बढेको छ। सिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाखको कारोबार भएको छ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार