२०८२ माघ ४ गते आइतवार

सुन चाँदीको भाउ बढ्यो

काठमाडौँ ,असार २० । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सुन हिजो तोलामा एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *