काठमाडौँ,असार १९ । सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार चार सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार