२०८२ माघ ३ गते शनिवार

सोमबार नेप्सेमा २१ अंकको गिरावट

काठमाडौँ ,असार १८ । साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंकले घटेको नेप्से परिसूचक दोस्रो कारोबार दिन सोमबार पनि २१.३२ अंकले गिरावट आएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ। पछिल्लो एक साता उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि गिरावट आएको छ। आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त,जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

सोमबार नेप्से २१.३२ अंकले गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तर, यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ। सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *