२०८२ माघ ३ गते शनिवार

सुनको मूल्य आइतवार तोलामा ५ सय रुपैयाले बढ्यो

काठमाडौँ,असार १७ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १० हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। यता, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *