२०८२ पुष ३० गते बुधवार

सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ ,असार १२ । नेपाली सुनाचाँदी बजारमा सुनको मूल्य केहीदिनदेखि निरन्तर उकालो लागेको छ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लाग्न सुरु गरेको सुनको मूल्य आज मंगलबार पनि उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ।आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो ।यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *