काठमाडौँ ,असार १२ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ। यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ।
यस अवधिमा ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार