२०८२ फाल्गुन २१ गते बिहिवार

शेयर बजार मंगलवार दोहोरो अङ्कले घट्यो

काठमाडौँ ,असार ५ । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्स आज २६ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ ।

लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ६८ वटा कम्पनीका एक करोड सात लाख ९२ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै निफ्राको २० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सिटी होटल, वीपीडब्ल्यू लघुवित्त र इङ्वाखोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *