२०८३ भाद्र ३० गते मङ्गलवार

सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,जेठ २३ । सुनचाँदीको भाउ आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो ।

हिजो सोमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *