२०८३ जेष्ठ १६ गते शनिवार

तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य घट्यो

काठमाडौं,जेठ २१ । सुनको मूल्य आइतबार भने घटेको छ। गत बुधबारदेखि शुक्रबारसम्म सुनको मूल्य कीर्तिमानी उचाईमा पुग्यो।

सुन बुधबार प्रतितोला एक लाख १२ हजार रुपैयाँ, बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र शुक्रबार प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यो तीन दिनकै मूल्य हाल सम्मकै उच्च हो।

सरकारले भन्सार दर बढाएका कारण सुन–चाँदीको मूल्य आकाशिएको हो।

सोही कारण मंगलबारदेखि शुक्रबारसम्म सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ बढ्यो। आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *