२०८३ जेष्ठ १५ गते शुक्रवार

शेयर बजार बढ्यो

काठमाण्डौ,जेठ ७ । शेयर बजार लगातार चौथो दिन आज आइतवार पनि बढेको छ ।

हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ । होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *