२०८३ असोज २८ गते बुधवार

सुनको भाउ आज १२ सय रुपैयाँले घट्यो

काठमाण्डौ ,बैशाख २४ । गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अस्ति बिहीवार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *