२०८३ बैशाख ४ गते शुक्रवार

सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौँ,बैशाख ३ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतितोला एक हजार चार सय ५० कायम भएको छ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *