काठमाडौँ ,चैत १९ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो। यता, आइतबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो।
प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार