काठमाडौँ ,चैत ९ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो। यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार