२०८१ बैशाख ६ गते बिहिवार

आज पनि शेयर बजार घट्यो

काठमाण्डौ,चैत २ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।

जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको शेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *