२०८३ बैशाख २ गते बुधवार

तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ ,फागुन २४ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो। यता, बुधबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *