काठमाडौँ ,पुस २८ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढेको छ। करिब १ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यस अवधिमा ७३ कम्पनीको २६ हजार ८ सय ९७ कित्ता सेयर कारोबार भएको छ। कुल १९६ वटा कारोबार भएको हो।
यो सेसनमा ५२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
