२०८३ भाद्र ११ गते बिहिवार

सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढ्यो

काठमाडौं,पुस १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जानकारी दिएको छ ।

महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।

 

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो ।

आज तोलामा २०० रूपैयाँ बढेसँगै आज तोलामा १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन पनि सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । गत साताको शुक्रबार तोलामा १ लाख ३०० रहेको सुनको मूल्य आइतबार २०० रूपैयाँ प्रतितोला बढेको थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ छ । यससँगै, लगातार ४ दिनदेखि चाँदीको मूल्य स्थिर छ ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *