२०८१ साउन ६ गते आइतवार

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाण्डौ,कात्तिक ६ । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ ।

आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।

आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ ।

दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *