२०८१ असार २९ गते शुक्रवार

नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९२ करोड २५ लाखमा सीमित

काठमाडौं ,भदौ २८ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ ।

पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै उपसमुहहरु राताम्य रह्यो । मंगलबार बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।

मंगलबार मैलुङ खोला, सानिमा लार्ज क्याप, यूनिभर्सल पावर कम्पनी, रिभरफल्स कम्पनीसहितको सेयर मूल्य धेरैले बढ्यो ।

नविल बैंक डिभेन्चरको मूल्य सबैभन्दा बढी ९.९५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *