२०८१ फाल्गुन २ गते शुक्रवार

सेयर बजार घटेको घट्यै, परिसूचक १९३७ मा झर्‍यो

काठमाडौँ,भदौ २३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा पनि ओरालो लागेको छ। बिहीबारको कारोबारमा सेयर बजार परिसूचक २।१३ अंकले घटेको हो ।

आइतबार बढेको परिसूचक त्यसयता निरन्तर ओरालोतर्फ लाग्दा सेयर बजार मापक १९३७.७४ मा झरेको छ। बिहीबार बजार परिसूचक २.१३ तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ३७६.८४ मा कायम रहेको छ।

बुधबारको कारोबारमा ८२ करोडमा खुम्चिएको बजार बिहीबार केही बढोत्तरी हुँदै १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३४ लाख १ हजार ६ सय ९२ कित्ता सेयर २२ हजार १ सय ७५ पटकमा किनबेच भएको थियो।

सामान्य अंकले बजार घट्दा ७ समूहको सेयर मूल्य घटेको छ। बैंकिङ, ट्रेडिङ, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ,अन्य, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स, तथा म्युचुअल फण्ड समूह घटेको छ।

होटेल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रो पावर,फाइनान्स, निर्जीवन बीमा तथा लगानी समूहको सेयर मूल्य बढेका छन् ।

बजार घट्दा पनि आज कारोबार भएका ११७ कम्पनीको सेयर मूल्य बढेका छन्, भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ।

ग्लोबल आइएमई लघुवित्त, मल्टिप्रपोज फाइनान्स,ग्लोबल आइएमई डिबेन्चर, छ्याङ्दी हाइड्रो,विन्ध्यवासिनी हाइड्रो लगायतका कम्पनीको सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *