२०८१ माघ २६ गते शनिवार

तुलसीराम वली बने वित्तिय संस्था कर्मचारी संघको जिल्ला अध्यक्ष

दाङ,फागुन ११ । नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास वैंकको ९औं जिल्ला अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघको अधिवेशनले ४ बर्षे कार्यकालका लागि तुलसीपुर निवासी तुलसीराम वलीको नेतृत्वमा ११ सदस्य नयाँ नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्ष निशा गिरी,सचिवमा बुद्धिप्रकाश चौधरी, कोषाध्यमा सपना श्रेष्ठ र सह–सचिवमा रेशम नाम्जाली सर्वसहमतिमा चयन भएका छन् ।

त्यस्तै संघको जिल्ला कार्यसमिति सदस्यहरुमा गीता देवकोटा, भिमबहादुर चौधरी,बुद्धिराम चौधरी, देवेन्द्र अधिकारी र कमल भण्डारी रहेका छन् ।

संघकाले अधिवेशनले ५ नं. प्रदेशको प्रदेश प्रतिनिधिहरुमा अनिल डिसी, लक्ष्मीनाराण चौधरी,छविलाल भण्डारी, सृष्टि बस्नेत,बलबहादुर साउद,कोमा रावत,प्रेमबहादुर विक,शिव शंकर गिरी र नशेर सुवेदीलाई चयन गरेको छ ।

त्यसैगरी संघको अधिवेशनले केन्द्रिय प्रतिनिधिपनि चयन गरेको छ । जस्मा अरुणा मल्ल, विनोद केसी, चिरिञ्जिवी डिसी र नखदेश्वर चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *