२०८२ असार ४ गते बिहिवार

शेयर बजार २ अङ्कले बढ्यो

काठमाण्डौ,भदौ १४ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव २१ विन्दुमा पुगेको छ ।

आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ ।

दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *