२०८२ असार १ गते सोमवार

सुनको मूल्य घट्यो

काठमाडौं,भदौ ३ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला रु चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार चार सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार एक सय ८५ तोकिएकोे छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *